लामाचौर कपमा नेपाल पुलिस क्लब र गण्डकीको विजयी सुरुवात
पाेखरा | भदौ २९, २०८०
पोखरा: पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा दोस्रो खेलमा नेपाल पुलिस क्लबे बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो ।
पहिलो सेट १५–२५ ले गुमाएको नेपाल पुलिसले उत्कृष्ठ पूनरागमन गर्दै २५-२१, १९-२५ र २५-२२ ले मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको हो ।
यस्तै प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४–२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो ।
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ ।
संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।
उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।
पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ ।
यस्तै महिला भलिबलतर्फ सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।
‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्य...
रसुवा: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

